अमेरकाले दादागिरी देखाएको उत्तर कोरियाको आरोप

काठमाडौं, असार २४ । उत्तर कोरियाले अमेरिकाले एकपक्षीय र जवरजस्ती रुपमा परमाणुअस्त्र निस्शस्त्रीकरणको माग अघि सारेर दादागिरी देखाएको आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको दुई दिने उत्तर कोरिया भ्रमणपछि उत्तर कोरियाले अमेरिकाले एकतर्फी र जबरजस्ती रुपमा परमाणु निस्शस्त्रीकरणको माग अघि सारेको आरोप लगाएको हो ।

सरकारका एक प्रवक्तालाई उदृत गर्दै उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले अमेरिकाको रवैया खेदजनकभएको टिप्पणी गरेको हो ।

यसअघि अमेरिकीविदेशमन्त्रीपोम्पिओले आफ्नो दुई दिने उत्तर कोरिया भ्रमण एकदमै फलदायीभएको दाबी गर्नुभएको थियो । गत महिना राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजोङ उनबीच शिखर वार्ता भएपछि पोम्पिओले उत्तर कोरिया भ्रमण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *