राष्ट्रिय सभाकाे बैठक: बजेट माथी उठेका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने

काठमाडौं, असार २४ । राष्ट्रिय सभाको बैठकमा आज बजेट माथी उठेका प्रश्नहरुको विभिन्न मन्त्रीहरुले जवाफ दिनुहुने भएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा आज झण्डै एक दर्जन मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।

संसद सचिवालयले दिएको जानकारी अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, गृह मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, वन तथा वातावरण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले पनि बजेटका बारेमा उठेका विषयमा आजको राष्ट्रिय सभा बैठकमा जवाफ दिनुहुने भएको छ ।

यसअघिको बैठकमा अनसनरत डा गोविन्द केसी, गंगामाया अधिकारीको माग सम्वोधन, निषेधाज्ञा लगायतका विषयमा काँग्रेस संसदहरुले जवाफ माग गरेकाले गृह मन्त्री रामबहादुर थापाले जवाफ दिनु भएको थियो । आजको बैठकमा अवरोध तथा विरोधको कुनै कार्यक्रम नरहेको राष्ट्रिय सभाका काँग्रेस सांसद बद्री पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *