अाज साँझबाट तीन दिनसम्म देशैभर मौसममा बदली, केहीदिन राेकिएकाे पानी फेरि पर्ने

काठमाडाैं, असार २४ । केहीदिन परेर रोकिएको पानी फेरि आजबाट पर्ने भएको छ । केही ठाउँमा आजबाट फेरि भारी वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आज साँझबाट तीन दिनसम्म देशैभर मौसममा बदली हुने तथा वर्षा हुने जनाएको छ । महाशाखाले तीन मध्य तथा पुर्वी क्षेत्रमा अबको तीन दिन सम्म र अन्य भागमा पनि भारी वर्षा हुने सम्भावना पूर्वानुमान गरेको हो ।

आज साँझ देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताउनुभयो ।

पश्चिम क्षेत्रमा आज ठूलो पानी पर्नेछ । देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेपनि भोली र पर्सी दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

पूर्वी तथामध्य क्षेत्रको केही स्थानमाभारी वर्षाको सम्भावना रहेको भन्दै उहाँले वर्षाले प्रभावितहुने क्षेत्रमा सचेत रहनपनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =