जापानमा बाढी पहिरोका कारण ५० काे मृत्यु, दर्जनौँ बेपत्ता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडाैं, असार २४ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । बाढीपहिरोमा परि दर्जनौँ हराइरहेका छन् ।
सबैभन्दा क्षति हिरोशिमा प्रिफेक्चर क्षेत्रमा भएको अधिकारीहरुले बताएका छन् । बिहीबारदेखि नै परेको मुसलधारे पानीका कारण यहाँका सयौँ घरहरु भत्किएका छन् ।
जापानमा १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान भनिएको छ ।
बेपत्ता मानिसहरुको खोजी तथा उद्धारमा सयौँको संख्यामा प्रहरी, कर्मचारी, अग्निनियन्त्रक तथा सेना खटिएका छन् । जापानको मौसम विभागका अनुसार शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म राजधानी टोकियोमा ५ सय ८३ मिलिमिटर पानी परेको थियो ।
केही दिन अझ पानी पर्ने मौसमविदले जनाएका छन् । आँधी तुफानको मौसम भएकाले नदी किनारका बस्तीहरु जोखिममा रहेका छन् ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित