विर्तामोडको ‘ग्लोवल टच एजुकेशन’ मा अष्ट्रेलियन सेमिनार हुँदै

 विर्तामोड, असार २४ ।  ग्लोवल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशन विर्तामोडले आउँदो साता शैक्षिक सेमिनार गर्ने भएको छ ।

उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीलाई उचित परामर्श दिनका लागि आउँदो जुलाई १६ (असार ३२ गते) का दिन अष्ट्रेलियन सेमिनार गर्ने भएको हो ।

कक्षा १२ को परीक्षा दिएर बसेका तथा ब्याचलर उत्तिर्ण गरी मास्टर गर्न विदेश जाने योजना बनाएका विद्यार्थीलाई सहि परामर्श दिनका लागि सेमिनार आयोजना गर्न लागिएको ग्लोवल टचका म्यानेजिङ डाइरेक्टर दीपक गौतमले जानकारी दिए ।

‘धेरै विद्यार्थीलाई ABROAD STUDY का बारेमा विस्तृत जानकारी हुँदैन, त्यस्तै विद्यार्थीलाई घर आँगनमै दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट शैक्षिक परामर्श दिनका लागि यो सेमिनार गरिएको हो ।’ उनले भने । सेमिनारमा विद्यार्थीले ABROAD STUDY का लागि कसरी तयारी गर्ने, कस्ता विश्वविद्यालय र देश रोज्ने, भिजा प्रक्रिया, डकुमेन्टेशन, भाषा प्रशिक्षण लगायतका विषयमा परामर्श लिन सक्नेछन् । भने, स्कलरशिप, लागतका बारेमा समेत जानकारी लिन सक्नेछन् ।

सेमिनारमा AHIC का विजनेश मेनेजर सुमन भेटवाल, स्कील सपोर्ट मेनेजर मि. माइलक डाल्टोनले विद्यार्थीलाई वान टु वान काउन्सेलिङ गर्ने कार्यक्रम रहेको छ । सन् २०११ बाट सञ्चालनमा आएको ग्लोवल टचले अष्टे«लिया, इण्डिया, जापान लगायतका देशहरुका उत्कृष्ट कलेजका लागि काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =