विश्वकप: सेमिफाईनल समिकरण पुरा, फाईनलका लागि कुन टीमको कोसंग भिडन्त ?

काठमाडाैं, असार २४ । रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ । शनिबार राति आयोजक रुस र क्रोएसियाको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।

यसपटकको विश्वकपमा फ्रान्स, बेल्जियम, इङ्ल्याण्ड र क्रोएसियाले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् । रुसी विश्वकपको सेमिफाईनलमा पुगेका चारवटै टोली युरोपियन हुन् । फाईनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासंग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्स विश्वकपको सेमिफाईनल पुग्ने पहिलो टोली बन्यो । युरो कपको उपविजेता समेत रहेको फ्रान्सेले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेलाई २–० ले पराजित गर्यो ।

अर्को युरोपेली मुलुक बेल्जियमले समेत विश्वकपको सेमिफाईनलमा स्थान बनायो ।  पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै बेल्जियम अन्तिम ४ मा प्रवेश गरेको हो । बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाईनल प्रवेश गरेको हो ।

अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल मंगलबार हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ । खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।

यता, इङ्ल्याण्डले स्विडेनलाई हराउदै १८ बर्षपछि विश्वकपको सेमिफाईनलमा प्रवेश गर्यो  । उसले स्विडेनलाई सहजै २–० गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाईनल खेलमा रुसलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले हराउदै क्रोएसिया सेमिफाईनलमा स्थान बनाउन सफल भयो ।

अब इङ्ल्याण्डले क्रोएसियासंग प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार हुनेछ । लुजिनिकी रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११ :४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *