आयोजक रुस र क्रोएसियाबीच अन्तिम क्वाटरफाइनलको खेल सुरु

काठमाडाैं, असार २३ । विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आयोजक रुस र क्रोएसियाकोबीचमा सुरु भएको छ । आज दुवै टोलीको एउटै उदेश्य हुनेछ, दोश्रो पटक सेमिफाइनलमा पुग्नु ।  रुस सन् १९६६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो । त्यतिबेला रुस चौथो भयो ।

११ औं पटक विश्वकप खेल्दै गरेको रुस त्यसयता सेमिफाइनल पनि पुग्न सकेको छैन । क्रोएसियाको पनि अवस्था उस्तै छ । एक पटक सेमिफाइनलमा पुगेको थियो, सन् १९९८ मा । क्रोएसियाको ठूलो सफलता त्यतिबेला तेश्रो स्थान ओगट्न सफल भएको थियो ।

यी दुई टोली बिचका समानता यति मात्रै हैनन् । क्वाटरफाइनलसम्मको यात्रा पनि उस्तै रह्यो । दुवै टोली टाइब्रेकरमा आफ्ना प्रतिसपर्धीलाई हराउँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

बलियो दावेदार मानिएको स्पेनलाई रुसले र डेनमार्कलाई क्रोयसियाले घर पठाए । क्रोएसिया समूह डी को बिजेता र रुस समूह ए को उपविजेता बन्दै अघि बढेका थिए ।

समूहका आफ्ना सबै खेल जित्यो क्रोएसियाले । तर आयोजक रुस सुरुका दुई खेलमा तहल्का पिटे पनि उरुग्वेसँग पराजित भयो । क्रोएसिया त्यो टिम हो जसले पूर्वविजेता अर्जेन्टिनालाई समूहको खेलमा ३–० ले पराजित गरेको थियो ।

रुस र क्रोएसियाको विश्वकपमा यो पहिलो भेट हो । तर युरोकप र मैत्रीपूर्ण खेलमा तीन पटक खेलेका छन् । सन् २००६ र २००७ को युरोकपमा गोलरहित बराबरी खेलेका यी देश सन् २०१५ मा मैत्रीपूर्ण खेल खेले । जसमा क्रोएसियाले रुसलाई ३–१ ले पराजित र्गयो ।

 क्रोएसिया पछिल्ला पाँच खेलमा अपराजित छ । रुस भने समूह चरणको अन्तिम खेलमा उरुग्वेसँग पराजित भएको थियो ।

विश्वकप अघिका खेलमा कमजोर देखिएको रुस विश्वकपमा एक पछि अर्को गर्दै राम्रो प्रदर्शन गर्दै आएको छ । समूहमा उसले साउदीविरुद्ध ५–० र इजिप्टलाई ३–१ ले जितेको थियो । स्पेनसँग १–१ कोक बराबरी खेलेको रुसले टाइब्रेकरमा घर पठाएर अघिल्लो यात्रा तय गरेको हो ।

आजको खेलमा दुवै टोली जित निकाल्दै दोश्रो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्न चाहन्छन् । तर क्रोएसियाका स्टार खेलाडी र रुसको घरेलु मैदान दुवैका लागि सजिलो हुने छैन । यो खेलको नतिजासँगै सेमिफाइनलको समिकरण पूरा हुनेछ ।

यसअघि उरुग्वेलाई हराउँदै र ब्राजिललाई हराउँदै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । यी दुई टोलीको सेमिफाइनलमा भेट हुनेछ । यो खेलको विजेताले भने सेमिफाइनलमा इङ्ल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *