बहिर्गमित जनमुक्ति सेनाको मुद्दा हल नभएसम्म शान्ति प्रक्रियाले पूर्णता नपाउनेः अध्यक्ष प्रचण्ड

काठमाडौं, २३ असार । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बहिर्गमित जनमुक्ति सेनाको मुद्दा हल नभएसम्म शान्ति प्रक्रियाले पूर्णता नपाउने बताएका छन् ।

शनिवार नेकपाका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भेट्न पुगेका बहिर्गमित जनमुक्ति सेनाको टोलीलार्इ आश्वासन दिँदै शान्ति प्रक्रियाको बाँकी कार्यभार रहेको बताउँदै ओली नेतृत्वको सरकारले यो मुद्दाको सम्बोधन गर्ने आश्वासन दिए ।

अध्यक्ष प्रचण्डले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणालीजस्ता महत्वपूर्ण उपलब्धि ल्याउन जनमुक्ति सेनाको भूमिका रहेकाे भन्दै युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने योद्धाहरु अपमान हुनुपर्ने र अहिलेसम्म पनि व्यवस्थापन गर्न नसक्दा प्रचण्डले आफूलाई हिनताबोध भएको बताए।

 मागपत्र बोकेर गएका पूर्वलडाकूलाई प्रचण्डले आधा घण्टा समय दिएका हुन । केही समय बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष सुनिल लिम्बु, उपाध्यक्षहरु रमेश बसेल करण, योग्यबहादुर कार्की प्रदीप, केबी रम्तेल सम्राट, महासचिव राजन थापा सुवास, प्रवक्ता भिमबहादुर तामाङ वेल्सन लगायतले आफ्ना समस्याहरु राखेका थिए ।

सबैको कुरा सुनेपछि प्रचण्डले विगतका केही घटनाहरु सम्झँदै वाम सरकारले गर्न सक्ने सम्बोधन गर्ने आश्वासन दिएको महासचिव राजन थापा सुवासले वताए । ‘देशको परिवर्तनको संवाहक बहिर्गमित जनमुक्ति सेना शान्ति प्रक्रियामा आए पनि आफुहरूले बलिदानीपूर्ण भूमिका खेले पनि अयोग्यको बिल्ला भिरेर हिँड्दाका पीडा सहनु गाह्राे भएकाे छ।’ महासचिव राजन थापाले भने।

उनिहरूले अध्यक्ष प्रचण्डलार्इ ज्ञापनपत्र बुझाउँदै स्वेच्छिक अवकास लिएकालार्इ पूर्वजनमुक्ति सेना सरह एक मुष्ट अार्थिक प्याकेज दिनुपर्ने, कुनै पनि क्षेत्रमा दिर्घकालिन ब्यवस्थापन हुने गरी लगानीकाे प्याकेज बनाउनु पर्ने, अयाेग्यकाे बिल्ला तत्काल खारेज गर्नुपर्ने, राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिइनुपर्ने, शान्तिपूर्ण अान्दाेलनकाे क्रममा पक्राउ परेकालार्इ अविलम्ब विना शर्त रिहा गर्नुपर्ने, घाइते तथा अपाङ्गकाे उपचारकाे ब्यवस्था राज्यले गर्नुपर्ने लगायतका माग राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *