‘केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेका छन्, त्यो अब हटाइन्छ’–गृहमन्त्री थापा

काठमाडौँ, असार २३ । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् ।

नेपाल मगर खेलकुद संघले शनिबार आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताए ।

उनले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताए ।

गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गरे ।

संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *