प्रहरीले फिर्ता गर्यो चोरीको मोबाइल

सुनसरी, असार २३ । विभिन्न समयमा चोरी भएका मोबाइलहरु इलाका प्रहरी कार्यालय धरानले ६ महिनाको अवधिमा १ सय ५ वटा फेला पारि सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरेको छ ।

शनिबार मात्रै इलाका प्रहरी कार्यालय धरानले कार्यालयमा नै मोबाइल धनीहरुलाई बोलाएर ९ थान मोबाइल फिर्ता गरेको छ ।

करिब २ महिना अघि धरान–१६ अन्नपूर्ण चोक निवासी राजन लिम्बूले ७० हजार मूल्य पर्ने एप्पलको आइफोन इटहरीबाट झुम्का जाने क्रममा गाडीमा नै हराएका थिए । बसमा यात्रा गर्दा धरान–१६ अन्नपूर्ण चोकका राजन लिम्बूले आइफोन हराएका हुन् ।

त्यस्तै मोरङ रंगेलीका देवराज राजवंशीले धरान बरगाछीमा मोटरसाइकल चालकले अप्ठेरो परेको भनेपछि फोन गर्न दिएको मोबाइल नै लिएर फरार भएका थिए । त्यस्तै धरानको चतरालाइनमा दुर्गा श्रेष्ठको मोबाइल पनि राती झ्यालबाट चोरले चोरेर लगेको थियो ।

ती सबै मोबाइल हराए पछि उनीहरुले इलाका प्रहरी कार्यालय धरानमा मोबाइल हराएको जानकारी दिदै खोजी दिन निवेदन दर्ता गराएका थिए । फलस्वरुप उनीहरुको मोबाइल धरान प्रहरीले करिब २ महिनापछि खोजेर फिर्ता गरिदिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार फ्रान्सका नागरिकले धरान घुम्न आउदा समेत हराएको मोबाइल पत्ता लगाएर फ्रान्स पठाइ दिइएको छ ।

जस्तोसुकै चोरले चोरी गरेपनि हराएको मोबाइल एक न एक दिन पक्राउ गर्न सक्ने भन्दै डिएसपी पौडेलले ‘मोबाइल चोरी भएको तथा हराएको भए प्रहरीमा उजुरी गर्न आग्रह गर्दै ८० प्रतिशत भन्दा बढी फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिएका छन् ।

यसैबीच इलाका प्रहरी कार्यालय धरानले विभिन्न समयमा सुरु भएको परिक्षामा सुरक्षा प्रदान गरेवापत भत्ता बापत आएको रकम मृगौला पीडितलाई सहयोग गरेको छ ।

दुवै मृगौला फेल भई उपचाररत रहेकी प्रहरी जवान तेन्जीङ शेर्पाकी श्रीमती सुष्मा राई शेर्पालाई सहयोग स्वरुप नगद २८ हजार रुपैया सहयोग गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डिएसपी रामेश्वर पौडेलका अनुसार भर्खरै विपि कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको एम डी को परिक्षामा सुरक्षा प्रदान गरेवापत पाएको रकम २८ हजार र एसईई परिक्षा र कक्षा ११/१२ को परिक्षामा सुरक्षा प्रदान गरेवापत प्राप्त गरेको रकम १ लाख १ हजार समेत पीडित शेर्पालाई यस अघि नै हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *