राष्ट्रिय जनमुक्ति पार्टी बिभाजन भई संघिय लिम्बुवान मञ्च नेपालमा प्रबेश

सुनसरी, असार २३ । बि.स. २०४८ सालमा स्थापना भएको राष्ट्रिय जनमुक्ति पार्टी बिभाजन भई कुमार लिङगदेनले नेतृत्व गरेको पार्टी संघिय लिम्बुवान मञ्च नेपालमा प्रबेश गरेको छ ।

शनिबार सुनसरीको धरानमा एक कार्यक्रमको आयोजना गरी सो पार्टी केन्द्रीय स्तरका उपाध्यक्षदेखी साधारण सदस्य समेतले पार्टी परित्याग गरी लिम्बुबान पार्टीमा प्रबेश गरेका हुन ।

कार्यक्रममा नेपाली जनतालाई ललिपपको रुपमा देखाउँदै आएको मुद्धाहरु, संघीय शासन प्रणली, जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रतिनिधित्व, धर्म निरिपेक्षता साथै अल्पसंख्यक र सिमान्तकृत जाति र समुदायको लागि आरक्षणको व्यवस्था नगरेको, संघिय शासन प्रणालीभित्र देशलाई पुनःसंरचना गर्दा जाति, भाषा, ऐतिहासिक र भौगोलिक आधारमा १२ बटा प्रदेशहरु निर्माण गरिनु पर्छ भनि पार्टीले प्रस्ताव पनि गरेको र सोही खाका अनुसार नै पार्टीको दोस्रो तह अन्तरगतको हैसियतमा १२ वटा राज्य समितिहरु स्थापना गरी अभ्यास गर्दै आएको तर यतिवेला संविधानकै मर्मानुसार सो समितिहरुलाई खारेज गरेर सातवटा प्रदेश समिति गर्ने कुरामा पार्टीका अध्यक्षले भुमिका नखलेको,त्यत्ति मात्र नभई अधिकार सम्पन्न जिल्ला समितिहरुलाई पनि अधिकार खोस्दै जिल्ला समन्वय समितिमा खुम्च्याएर पुर्ण रुपले संविधानलाई स्विकारेकोले पार्टीको नीति सर्व सहमतिमा मान्न नहुने समेत असन्तृष्ट पक्षहरुले जनाएको छ ।

त्यस्तै पार्टीको मुख्य नेताहरुको कार्य शैली स्वेच्छाचारी र एकाधिकारवादी भएकाले नेताहरुको यस्तै प्रवृतिको कारण २०७० सालको दोस्रो संविधान सभा चुनावमा ६८ हजार सम्म मत ल्याएर कम्तिमा दुईजना सम्म सभासद पाएको यो पार्टी २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्म आइपुग्दा ५० प्रतिशत भन्दा धेरै नेता, कार्यकर्ता र मतदाता पलायन भएकोले ३३ हजार मतमा खुम्चीन पुगेको समेत आरोप छ ।

त्यस्तै सो पार्टीको मुख्य नेताहरुको कातरपनकै कारणले पार्टीको एजेन्डालाई शसक्त ढंगले नेपाली जनता समक्ष पु¥याउन नसक्दा दिनप्रतिदिन पार्टी ओहलो लागरिहेको जनाईएको छ ।

अबको अर्को निर्वाचन सम्म आइपुग्दा यो राष्ट्रिय जनमुक्ति पार्टी एका देशको कथामा सिमित हुने र पार्टीको सपना विपनामा परिणत नहुने हुँदा सो पार्टीमा बसेर समय बर्वाद गर्नुको औचित्य नदेखिएकोले आजकै मितिवाट ती नेता र कार्यकर्ताहरुले सो पार्टीको साधारण सदस्य सम्म नरहने गरी पार्टी परित्याग गरेको घोषणा समेत गरेका छन । साथै तीनीहरुले राजनीतिक सपना संघीय लोकतान्त्रिक राष्टिय मञ्च पार्टीबाट मात्र पुरा हुने दावी समेत गरेका छन् ।

पार्टी प्रबेश गर्नेहरुमा बरिष्ठ राजनीतिक सल्लाहकार मेजर श्रवण कुमार लिम्बु केन्द्रीय उपाध्यक्ष तथा लिम्बुवान इन्चार्ज चन्द्र ब. खापुङ संघिय परिसद सदस्य रमेश गज्मेर,चेत ब. लिम्ब, संघिय महासभा सदस्यहरु मेजर झप्तमान खजुम,संख ब. थक्लेङ., क्या. नन्द ब. राई , क्या. रामशेर राई,क्या. पदम ब.तामाङ, प्रेम केदेम , पंच ब. हुक्पाचोङ, ह.ले. ललित ब. मेयांङबो , गोभिन्द राई , ह.ले. भिमराज सिरेङ. , टंकराज राई , रमेश मेयांङवो , सवि मेयांङवो , मान प्रसाद राई , लाख मान राई , तारा बहादुर. तमु ,भद्र तमु त्यस्तै लिम्बुवान राज्य परिषद अध्यक्ष क्या. ए.बि. पंधाक लिम्बु, सहसचिव राधिका बि. क. कोषाध्यक्ष पुर्णकला लिम्बु , राज ब. एभेङ , जिल्ला समिति सुनसरी उपाध्यक्ष डम्बर ब. थक्लुग, उपाध्यक्ष राम लकन्द्री, सचिव बाल कुमार राई , कोषाध्यक्ष केआइसिंह खापुङ, सदस्यहरु कल्पना लिम्बु , सान्तिला खापुहाङ , राज कुमारी खापुङ , लाल ब. लिम्बु , मन कुमार बस्नेत रहेका छन ।

त्यस्तै सुनसरी क्षेत्र नं. १ का अध्यक्ष रत्न ब. हुक्पाचोङवाङ, धरान उपमहानगर पालिका सदस्य किशन राई , वडा समति धरान–५ अध्यक्ष गजेन्द्र ब. दर्जी , सदस्यहरु सरिता (पंधाक) देवान, गणेश देवान, गिरीमान खापुङ, अनिल गज्मेर, बिन्दा गज्मेर वडा समति धरान – ११ का सचिव देवी ब. समाल , सदस्य आशा मगर , कमला राई खेम कुमारी मगर, त्यस्तै वडा समिती धरान १५ की अध्यक्ष मधु दियाली , गणेश गजमेर , सर्वधन गजमेर ,राम ब. दियाली , शिता गज्मेर रहेका छन भने उता तेह्थुम , साविक सुदाप गा.वि.स.अध्यक्ष रनमाया लिम्बु , सचिव हस्ता लिम्बु त्यस्तै राष्ट्रिय पुर्व सैनिक संगठन केन्द्रिय उपाध्यक्ष शान्त खापुङ, खडक बहादुर ओख्राबो , लिम्बुवान राष्ट्रिय परिषद अध्यक्ष राम ब. मगर , उपाध्यक्ष दिलमान पंधाक ,सह–सचिव तारानाथ सिरेङ. , कोषाध्यक्ष चित्र ब. मगर , सदस्यहरु पुर्ण ब. राई , नर ब. लिम्बु , खढक सिहं लिम्बु रहेका छन ।

राष्ट्रिय महिला मोर्चा केन्द्रीय सदस्य दिलु राई , लिम्बुवान राष्ट्रिय परिषद अध्यक्ष पुर्ण कला लिम्बु , सचिव राधिका बि.क. ,सहसचिव इन्द्रकला सुब्बा , कोषाध्यक्ष ममता वि.क. , सह कोषाध्यक्ष सविता बि.क. , सदस्य विष्णु कुमारी खापुहाङ रहेका छन ।

त्यस्तै साधारण सदस्यहरुमा सानु माया लिम्बु , सन्जु लिम्ब , चित्रकला लिम्बु , रोमन पंधाक , सारदा थलङ. , दिल ब. थक्लुङ. , राज कुमार राई , मान ब. हुक्पाचोङ, नर ब. थक्लुङ. लिम्बु , पुन्यवति लिम्बु , जमुना लिम्बु , लोक ब. खापुहाङ, प्रविना खापुहाङ, खासमाया खापुहाङ, हिमाल खापुहाङ, सुमन खापुहाङ, बम ब. तामाङ. , विरेन्द्र मुर्मी , रन्जना खापुहाङ, दिनेश लिम्बु , रोनाम श्रेष्ठ , राजेश श्रेष्ठ , संकरमान खापुहाङ, सुनेना खापुहाङ, कमली खापुहाङ, बाल कुमारी खापुहाङ, बिक्रम चोङवाङ , राज कटुवाल , देवी प्र. सुव्बा , नागधन राई , निरमाया खापुहाङ, कौशिला पंधाक , हेम कुमार राई , विशाल लिम्बु , सोभित शाह , जनक खत्री , भुवन दाहाल , जानकी राई , उर्मिला बि. क. , मुना मगर , सावित्री श्रेष्ठ , टिका श्रेष्ठ , सम्झना बि. क. , कमला बि. क. , अलिशा तामाङ. , कला श्रेष्ठ , मनिषा तामाङ. , निरुता लिम्बु , सिर्जना राई, राजेश श्रेष्ठ , सागर श्रेष्ठ , टंक संग्रौला , शिवानी भुजेल , शिदार्थ भुजेल , धनहर्क श्रेष्ठ , राज कमार लिम्बु , कल्पना गुरुङ, कमल सिंह लिम्बु , उर्मिला मरिक , राज कुमार श्रेष्ठ , अन्तरा राई , कन्चन मगर , मन्जु लिम्बु , अस्मिता परियार , किशिका राई , तारा परियार , अमोश लिम्बु , डिकेन लिम्बु , सन्जय राई , शन्तोष थलङ. , मनिष तिम्सिना , दिनेश लिम्बु , अन्जु राई , मैया गुरुङ. , विनोद राई , जंग ब. बि.क. , छविलाल बिष्ट, तुलशी दाहाल , जमाल खान , ज्यावुल खान , सम्साद खान , रेजमान खान , ज्याउदिन खान , कन्चन राई , वाशुदेव पौडेल , धिरेन चौधरी , जित ब. खापुङ , लिला ब. खापुङ , हर्क ब. पंधाक , फत्तेजङ. खापुङ, पुर्ण ब. लिम्बु , प्रिंगला लिम्बु , प्रेमा लिम्बु, काजीमान खापुहाङ., नैनकला खापुहाङ, रुपेश खती , शिर्जना रामदान , गंगा ब. थाम्देन, राज ब. एभेङ. , लिलामाया खापुहाङ . मान ब. खापुहाङ पुरन खापुहाङ, गजेन्द्र कु. खापुहाङ खिरराज खापुहाङ भक्त ब. बि.क. , लक्ष्मी ब. लिम्बु, विष्णु ब. श्रेष्ठ , बिरान लिम्बु , सुधिर लिम्बु , र खडक सम्शेर थक्लुङ रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *