नागढुङ्गाबाट एक किलो चरेशसहित पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, असार २३ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक केजि चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
धादिङको सिमलेबाट काठमाडौं आउदै गरेको बा २ ख ६२६८ नम्बरको यात्रुवाहक वसलाई चेक जाँचको क्रममा एक केजी चरेशसहित एक जनालाई नागढुङ्गा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाँउपालिका ८ को वर्ष १८ को आयुष तामाङलाई एक किलो अवैध चरेशसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवत्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित