‘ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार’ भन्दै डाक्टर केसीका समर्थक प्रदर्शनमा

काठमाडाैँ, असार २३ । डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै शनिबार माइतिघर मण्डलामा प्रदर्शन भएको छ ।

डा.केसीका समर्थकहरुले चिकित्सा क्षेत्रमा सुधार ल्याउनुपर्ने मागसहित जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर केसीको मागलाई सरकारले जस्ताको तस्तै सम्बोधन गर्नुपर्ने अडान लिएका छन् ।

नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, ओली सरकार खबरदार मौलिक हकमा किन प्रहार,ओली सरकारको मिसन सिटामोलमा कमिसन, नखाउञ्जेल खाउँ खाउँ लाग्ने खाएपछि गुण तिर्न हतारो के हो ? मार्सी चामलको भातजस्ता प्लेकार्ड लिएर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विरोधमा डा. केसीका समर्थक मैदानमा उत्रेका छन् ।

जुम्लामा अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सदनदेखि सडकसम्म देशका विभिन्न स्थानमा डाक्टर केसीका समर्थकहरूले एकैसाथ प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *