नेकपा बैठक–नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं,असार २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदललाई ३ दिन समय दिइएको छ ।
नेताहरु बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल कार्यदलमा रहेका छन् । कार्यदललाई नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशन गर्ने कार्यादेश दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बिहीबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।
कार्यदलले तयार पार्ने नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर त्यही दिन प्रकाशनका लागि पठाउने निर्णय भएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित