कविता: ‘बिन्ती आमा मलाई पनि जिउन देउ’

काठमाडाैं, असार २३ । 
एकमुठि सास बोकेर भोलिको आस देखेर
आज, हिँडेकी छुगाँस नभनी हिँडेकी छु प्यास नभनी
ए आमा म पनि त तिम्री सन्तानहुँनि !
म सँगनि सपनाका घरहरू छन्, बिन्ती आमा !
मलाई जिउन देऊ ।

तिम्ले भन्यौ त्यो काम गर,
मैले पनि त कहिले नाइँ भनेकी थिएँ र !
आखिर म पनि त मानव थिएँ, संसार बदल्न सक्छु ।
मसँग पनि अथाह देश प्रेम छ ।
अनन्तजोस र जाँगर छन्,
बरू जन्माएर सडकमै छाडिदेउ, गर्भमै नतुहाउ ।
बिन्ती आमा मलाई पनि जिउन देउ ।

हिजो तिम्ले बालक कालमै पराइ घर आउनुपर्यो ।
तिमीले पनि त प्रसव व्यथा सह्यौ
र त आज मैले संसार देखें
अनि समाजका कुसंस्कार र कुसंस्कृति नियाल्न पाएँ ।
अनिदुख के हो बुझ्नपाएँ ।
तिमी महिलाहौं भने बुहारीलाई आफ्नै छोरी सम्झ ।
म पनि त शिक्षित छु झुट साँचो चिन्न सक्छु ।
बिन्ती आमा मलाई पनि जिउन देउ ।

समाजमा आज महिला, महिलाबाटै पिडित छन्,
छोरीलाई पराइ घरमा हेलाभयो
मेरी छोरीले दुखपाई भन्छौ,
तर तिम्रो घरमा पनि त बुहारी छे ।
दास सरह कामगर्दा कहिल्यै देख्न सकिनौं ?
किन राख्छ्यौ भविष्यको आस तिमी?
तर कुटमार तनाव नदेउ ।
बिन्ती आमा मलाई पनि जिउन देउ ।

तिमीआफैं भन्छ्यौ आमा
मान्छेले मान्छे भएर नै जिउनुपर्छ ।
तर किन आमा तिमी मान्छे बन्न सकिनौ ?
अनि किन आमाब न्न सकिनौ ?
सन्तान तिमीले नै जन्माएकी हौ ।
अनि किन सन्तान मान्न सकिनौ ?
के सन्तान जन्माउनु र
दूध पिलाउनु मात्र तिम्रो जिम्मेवारी हो त ?
तिमीले संसार चिन्न सकिनौ हो आमा,
तर किनबुझ्ने कोसिस गर्दिनौ ?
हो आमा मलाई संसार के हो थाहा छ ।
कहाँ जाँदा कहाँ पुगिन्छ थाहा छ ।
बरू मेरो वास्तै नगर ।
बन्ती आमा मलाई पनि जिउन देउ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *