धरान: र्याडगनले सवारी दुर्घटना न्यूनिकरण गर्दै

धरान, असार २३ । र्याडगनको प्रयोगले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्न थालेको छ । कोशी राजमार्ग र पूर्व पश्चिम लोकमार्ग सडकको विभिन्न ठाउँमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले र्याडगन लिएर चेकजाँच पोइन्ट राख्दा दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाई छ ।


सुनसरीको कोशी राजमार्ग पानीपुरिया देखि धरानको तिनकुने सम्म, पूर्व पश्चिम लोकमार्ग अन्र्तगत बिर्तामोड देखि सुनसरीको ईनरुवासम्म विभिन्न ठाउँमा र्याडगन सहितका ट्राफिक प्रहरीले चेकपोइन्ट राखेर सवारी चेकजॉच गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

सडकमा दिनप्रतिदिन बद्ढो सवारी साधनको चाप संगै छाडा छोडिएका पशु चौपायामा सवारी साधन ठोकिएर दुर्घटना हुने गरेको ट्राफिक तथ्याङ्कले देखाएकोे छ ।  जंगलको सडकमा सवारी चालकले तिब्र गतीमा सवारी कुदाउने भएकाले बजार क्षेत्रमा भन्दा बढी जंगली क्षेत्रमा सवारी दुर्घटना भईरहेकाले र्याडगन प्रयोग गरी सवारी साधनको तिब्र गतीलाई नियन्त्रण गर्न हरेक दिन चेकजाँच गर्दै आएकाे जिल्ला प्रहरी निरिक्षक एकराज खड्काले जानकारी दिए ।

गत साल तिब्र गतीका कारण सवारी साधन दुर्घटना बढि भएको देखिएपछि यसपटक देखि दुर्घटनाका घटनामा कमी ल्याउन प्रहरीले र्याडगन प्रयोगमा ल्याएको हो । विगतमा ट्राफिक प्रहरीले प्रयोग गरेको र्याडगन भन्दा यसपटक प्रयोग गरेको र्याडगन कम भएकोले ट्राफिक प्रहरीलाई समस्या भने भएको छ । ‘पहिलाका र्याडगनले गाडीको नम्बर, फोटो सहित स्कीनमा देखाउने थियो, जसले गर्दा सवारी चालक लाई अत्याधिक गति भयो भनेर बुझाउन सकिन्थ्यो ।

अहिले प्रयोग गरेका र्याडगनले गाडीको स्पिड मात्र देखाउने भएकोले कहिेकाँहीँ चालकहरुसँग भनाभन हुने निरिक्षक खड्काकाे गुनासाे छ । उनका अनुसार अत्याधिक गतिमा सवारी चलाउनेहरुमा उमेर नपुगेका र लाईसेन्स नभएका युवा युवती पर्दछन् । कतिले अभिभावकको सवारी अभिभावकलाई थाहै नदिइ चलाउने समेत गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *