पाँच वर्षमा ४६ हजार ७ सय ९२ दुर्घटना, १० हजार २ सय ७८ को मृत्यु

काठमाडाैं, असार २३ । सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ ।

यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४ ७५ को वैशाख मसान्तसम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए ।

चालकको लापरबाही

सरकारी तथ्यांक विश्लेषण गर्दा मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारीसाधन दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । तथ्यांकअनुसार पाँच वर्षको अवधिमा मुलुकभर भएका ४६ हजार ७ सय ९२ सवारी दुर्घटनामा ३४ हजार पाँच सय २५ दुर्घटना चालकको लापरबाहीले भएको छ । यो जम्मा दुर्घटनाको ७३.७८ प्रतिशत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *