विश्वकप: आजपनि दुई खेल हुँदै, कुन टाेली काे संग ? समय तालिकासहित

काठमाडाैं, असार २३ ।  विश्वकप फुटबल अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछ ।  विश्वकपमा आज क्वाटरफाइनल अन्तर्गतको दुई खेल हुनेछन् ।

रुस विश्वकपमा दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । फ्रान्स र बेल्जियमले शुक्रबार राति नै सेमिफाइनलको टिकट पक्का गरिसकेका छन् । यस्तोमा अब दुई टोलीले रुस विश्वकपको सेमिफाइनलमा स्थान बनाउने छन् ।

विश्वकप अन्तर्गत तेस्रो तथा आज हुने पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।

समारा रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य सेमिफाइनलमा पुग्नु हुनेछ । प्रि क्वाटरफाइनलमा स्विडेनले स्विजरल्याण्ड तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएर अन्तिम आठको यात्रा पक्का गरेका हुन् ।

विश्वकप अन्तर्गत आज नै हुने अन्तिम क्वाटरफाइनलमा आयोजक रुस र क्रोएसियाले प्रतिस्पर्धा गर्ने छन् । रुस र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राती ११:४५ बजे सुरु हुनेछ ।

फिष्ट ओलम्पिक स्टेडियममा हुने खेलमा दुवै टोली अन्तिम चारमा पुग्ने योजनासहित मैदान उत्रने छन् । प्रतियोगिताको अन्तिम १६ मा आयोजक रुसले स्पेनलाई हराउदै क्वाटरफाइनल यात्रा तय गरेको हो । यस्तै क्रोएसियाले डेनमार्कलाई हराएर रुससंगको भेट पक्का गरेको हो । दुवै टोली पेनाल्टी सुटआउटमा सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *