अाज शनिवार, तपाइकाे राशिफल यस्ताे छ

काठमाडाैं, असार २३ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनि गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा कमाएको ईज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ५

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सरकारि तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् ।

शुभ अंक — ५

शुभ रंग — खरानि

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुँनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै बिलाशि जीवन व्यातित गर्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाई लेखाईमा कमजोरि हुने तथा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाब बढ्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि बिवादमा सामेल नहुनु होला ।

शुभ अंक — ४

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ ।

शुभ  अंक — ६

शुभ रंग — प्याजी

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गर्न नसकिने तथा आम्दानि कम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाई लेखाई तथा यस्तै क्रियाकलापमा राम्रो मेहनेत गरे मात्र परिणाम तपाईकै पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फाईदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावासयमाबाट भने आम्दानि केहि मात्रामा बढाउन सकिनेछ ।

शुभ अंक — १

शुभ रंग — हरियो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाईलो यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानि हुँने छैन भने लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुँनेछ । अध्ययनमा मन नजाने हुँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने जीवन साथिको असमज्दारिले दैनिक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहाउँने हुँनाले यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — पहेलो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *