विश्वकप फुटवलः ब्राजिल २–० ले पछाडी

काठमाडाैं, असार २२ । डि ब्रुइनको गोलमा बेल्जियमले पहिलाे हाफमै अग्रता दोब्बर पारेको छ । खेलको ३१ औं मिनेटमा लुुकाकुुको पासमा ब्रुुइनले गोल गरेका हुुन् । त्यसअघि फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो ।

खेलको १३ औं मिनेटमा ब्राजिलले आत्मघाती गोल खाएको हो । समूह चरणका सबै खेल जितेको बेल्जियम अन्तिम १६ को खेलमा भने समस्यामा परेको थियो ।

सुरुमा २–० ले पछि परेको बेल्जियमले जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेर आएको हो । विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षमा पहिलो टिम हो ।

 ब्राजिलभने पछिल्ला २५ खेलमा अपराजित छ । बेल्जियम मार्टिनेजको प्रशिक्षणमा पछिल्ला २३ खेलमा अपराजित रहेको छ ।

ब्राजिल र बेल्जियमबिच अहिलेसम्म चार पटक भेट भएको छ । सन् १९६३ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भएको थियो । तर त्यसपछिका तीन खेलमा ब्राजिल विजयी भएको छ । विश्वकपमा भने यो दोस्रो भेट हो ।

सन् २००२ को विश्वकप फुटबलको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो । त्यो खेलमा दोस्रो हाफमा रिभाल्डो र रोनाल्डोले गोल गरेर जित दिलाए ।

ब्राजिल लगातार सातौँपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । यसअघि दुईपटक मात्रै यो चरणमा पराजित भएको छ । सन् २००६ र २०१० मा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =