तनहुँः सेती नदीले बगाउँदा २५ वर्षीय युवक बेपत्ता

तनहुँ, असार २२ । तनहुँको ब्यास नगरपालिका–१४ स्थित सुडेको पुल नजिकैबाट आज सेती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

नदीले बगाएर बेपत्ता हुनेमा म्याग्दे गाउँपालिका–४ का २५ वर्षीय सुशील शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भतिजसँग पौडी खेल्न गएका शाहीलाई नदीले बगाएको हो । बेपत्ता भएका शाहीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बताइएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *