“मुस्ताङ ट्रिपर दुर्घटना “”अपडेट”” : मृत्यु हुनेको संख्या १८ पुग्यो (नामावलीसहित)”

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने १४ जना घाइते भएका छन् ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।

मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा क्रमशः

रोल्पा
१९ वर्षीय महेश रोका
३२ वर्षीय रामकुमार पुन
३२ वर्षीय सन्तु घर्ती
२८ वर्षीय सुकमान रोका

दाङ्

३० वर्षीय बालकुमार घर्ती
३१ वर्षीया कविता घर्ती मगर
४३ वर्षीया शान्ति थापा
३२ वर्षीय सुवेर चौधरी
२५ वर्षीय कमल बुढा

धादिङ्गका २३ वर्षीय सुजन घलान
सिन्धुलीका २० वर्षीय जीवन माझी
कैलालीका २२ वर्षीया विनिता थापा
कपिलबस्तुका ३५ वर्षीय कमानसिंह रोका
स्याङ्गजाका २४ वर्षीय कृष्ण क्षेत्री

३१ वर्षीया जीतमाया घर्ती
२० वर्षीया सिर्जना घर्ती
२३ वर्षीय राष्ट्रे रोका

मृत्यु हुनेहरुमा एकजनाको नाम खुल्न बाँकी रहेको छ । घाईतेहरुको उपचारका लागि सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *