४५ हजार घुससहित रंगेहात पक्राउ परे इन्जिनियर ठाकुर

रौतहट असार २२ । जिल्ला प्राविधिक कार्यालय रौतहटका एक इन्जिनियर रंगेहात पक्राउ परेका छन्  ।

विजयपुर प्राविको कम्पाउण्ड पर्खाल बनाएबापत भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग रकम असुलेको आरोपमा इन्जिनियर अजय ठाकुर पक्राउ परेका हुन् ।

इन्जिनियर ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =