उरुग्वेविरुद्ध फ्रान्सः कसको पक्षमा होला जितको फैसला ?

मस्को– रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । पौने ८ बजे हुने पहिलो खेलमा दुई पूर्व विजेता फ्रान्स र उरुग्वे भिड्दैछन्। फ्रान्स एक पटक र उरुग्वे दुईपटकको विश्वकप विजेता हो ।

उरुग्वेले अन्तिमपटक सन् १९५० मा विश्वकप जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो । दुवै टोलीले फाइनलमा ब्राजिललाई हराएका थिए । सन् १९५० को विश्वकपमा फाइनल नभएपनि लिग चरणको अन्तिम खेलमा ब्राजिललाई हराएर उरुग्वेले उपाधि जित्ने निश्चित गरेको थियो । फ्रान्स सन् २००६ र उरुग्वे सन् २०१० पछि विश्वकपमा सेमिफाइनल पुग्ने प्रयासमा छन्।

फ्रान्सले यसपटक समूहगत चरणमा अस्ट्रेलियालाई २९१ र पेरुलाई १९० गोलले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । उसले प्रिक्वाटरफाइनलमा साविक उपविजेता अर्जेन्टिनालाई ४९३ गोलले हराएको थियो । फ्रान्स पछिल्ला आठ खेलयता अपराजित छ । उसले यसबीचमा ६ जित र दुई बराबरीको नतिजा निकालेको छ ।

यता उरुग्वेले भने पछिल्ला सात खेल लगातार जितेको छ । जारी विश्वकपअन्तर्गत पहिलो खेलमा इजिप्टलाई १९० र साउदी अरबलाई १९० गोलले हराएको उरुग्वेले समूहको अन्तिम खेलमा घरेलु टोली रुसलाई ३९० गोलले पराजित गरेको थियो। उसले प्रिक्वाटरफाइनलमा साविक युरोकप विजेता पोर्चुगललाई २९१ गोलले हराएको थियो ।

प्रिक्वाटरफाइनलमा दुवै टोलीका एक खेलाडीले समान दुई गोल गरेका थिए । उरुग्वेका अनुभवी खेलाडी एडिन्सन काभानी र फ्रान्सका युवा खेलाडी केलिन एमबाप्पेले दुई दुई गोल गरेका थिए । काभानीले चोटका कारण त्यस खेलमा पुर्ण समय खेल्न सकेका थिएनन्। उरुग्वेले जारी प्रतियोगितामा केवल एक गोलमात्र व्यहोरेको छ ।

फ्रान्सले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म उरुग्वेलाई हराउन सकेको छैन । यी दुई टोली विश्वकपमा हालसम्म तीन पटक भिडेका छन्। विश्वकपमा यी दुई टोली पहिलोपटक सन् १९६६ मा भिडेका थिए जुन खेल उरग्वे २९१ गोलले विजयी भएको थियो ।

सन् २००२ र २०१० को विश्वकपमा समूहगत चरणमा भिडेका यी दुई टोलीले दुवै खेलमा गोलरहित बराबरीको नतिजा निकालेका थिए । अन्तिमपटक यी दुई टोलीबीच सन् २०१३ मा मैत्रिपुर्ण खेलमा प्रतिस्पर्धा भएको थियो जसमा उरुग्वे १९० गोलले विजयी भएको थियो । त्यसअघि यी दुई टोलीबीच भएका लगातार चार भिडन्त गोलरहित बराबरीमा सकिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *