काँग्रेसद्वारा पुनः दोस्रो पटक संसद अवरुद्ध, डा. केसीको प्रस्ताव कार्यसुचीमा परेन

काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै  आजको बैठक अवरुद्ध गरेको छ ।

डा.गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव आजको प्रतिनिधि सभाको कार्यसुचीमा नपर्दा काँग्रेसले शुक्रबार पुनः दोस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम कांग्रेसले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएको छ। प्रस्ताव कार्यसुचीमा नपर्दा कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

तर सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको र अर्को बैठकमा कार्यसूचीमा राख्ने बताएका थिए ।

काँग्रेस सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध पारिराखेपछि संसद बैठक असार २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *