काँग्रेस र कम्युनिस्ट लड्दा सँगै जेल जाने परिस्थिति आउन सक्छ – सांसद
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २२ । काँग्रेसले राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस सांसद जितेन्द्र देवले शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै यसको सो निर्णको विरोध गरेको हो ।
नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए ।
बैठकमा उनले भने, ‘तपाईंहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्नुस् ।’
कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने भन्दै उनले फेरि सँगै जेल जाने परिस्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








