थाइल्याण्डः डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

बैंकक, असार २२ । दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् ।

थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिएको बैंककबाट प्राप्त समाचारमा जनाइएको छ ।

करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । यस दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

बिहीबार भएको यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको भने पुष्टि भएको छ । मृत्यु भएकामा प्रायः सबैजसो चिनियाँ पर्यटक भएको बताइएको छ ।

हराएकामा पनि धेरैजसो चिनियाँ पर्यटक परेका प्राप्त समाचारमा जनाइएको छ । दुर्घटनाग्रस्त भएको सो डुङ्गाबाट उद्धार गरिएका ९४ जना यात्रुमा ७६ जना चिनियाँ पर्यटक रहेका छन् ।

सो डुङ्गमा धेरैजसो चिनियाँ नागरिक रहेको पुष्टि सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले गरेका छन् ।

यस दुर्घटनामा घाइते भएका ११ व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

हराएकाको खोजी तिब्र गतिमा भएको र यस कार्यको लागि थाइ प्रहरी, सैनिक, नौसना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *