छुरा प्रहार गर्ने ५ जना पक्राउ

धरान, असार २२ । छुरा प्रहार गर्ने समूहलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । गत सोमबार राति धनकुटा स्थायी घर भएका धरान–१ बस्ने अमितकुमार राईलाई छुरा प्रहार गरी हत्या गर्ने समूहलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानले छुरा प्रहारमा संलग्न मुख्य आरोपी धरान–१३ का आशिष राईलगायत सोही ठाउँका ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्तोष लिम्बू, कुलबहादुर सुनुवार, पुकार राई, कोकसिंह राई र जीवन राई रहेका छन् ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् । उनीहरुबीच धरान–१३ फुस्रेमा गत सोमबार राति झगडा भएको थियो ।

मृतक राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो भने अर्का धरान–१३ का सुवर्ण राई घाइते भएका थिए । उनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *