संसदीय सुनुवाइ समितिका लागि तीन जनाको नाम स्वीकृत
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जनाको नाम घोषणा गरेका छन् ।
आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराएकामा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो ।
पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहेनेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








