प्रदेश २ का सांसदसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, असार २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसँग छलफल गर्दै हुनुहुन्छ ।

हरेक शुक्रबारको नियमित कार्यक्रम अन्र्तगत आज प्रदेश २ बाट प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग प्रधानमन्त्री ओलीले छलफल गर्न लाग्नुभएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउसो ३ बजे पछि हुने छलफलमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन गर्ने तयारी सरकारको छ ।

स्थानीय विकास निर्माणका परियोजना तथा जनगुनासो सम्बन्धमा पनि अन्र्तक्रिया हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश तथा स्थानीय सरकारसँगको सहज सम्बन्धका लागी प्रधानमन्त्री ओलीले नियमित रुपमा हरेक प्रदेशका सांसदसँग सामुहिक छलफलको क्रम सुरु गर्नुभएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *