मेची भन्सारमा ‘मेसिन’ बाट सामानको चेकजाँच सुरु

झापा, असार २२ । मेची भन्सार कार्यालय काँकरभिट्टामा ‘एक्सरे मेसिन’ सहित एकद्वार भन्सार चेकजाँच प्रणाली सुरु भएको छ । मेची भन्सार कार्यालयले चोरी तस्करी र अवैध ओसारप्रसार नियन्त्रण गर्न बिहीबारदेखि अत्याधुनिक मेसिनसहित भन्सार चेकजाँच प्रणाली सुरु गरेको हो। 

एक्सरे मेसिन सञ्चालनमा ल्याइएसँगै मेची भन्सार कार्यालयको भन्सार जाँच टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले एकै ठाँउबाट चेकजाँच गर्न थालेका छन् । मेची भन्सारले प्रयोगमा ल्याइएको एक्सरे मेसिन र एक द्वार भन्सार चेकजाँच प्रणालीले उपभोक्ता तथा पर्यटकहरुलाई भने पटक–पटक सामान देखाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको छ ।

पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने यात्रु तथा व्यवसायीहरुले ल्याउने विभिन्न समाग्रीको भन्सार छली, कम मूल्यांकन तथा चोरी तस्करीलाई निरुत्साहित गर्दै सुरक्षा व्यवस्था सुदृढ पार्न उक्त जाँच प्रणालीको सुरु गरिएको कार्यालयले जनाएको छ ।

यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले बेग्लाबेग्लै स्थानबाट चेकजाँच गर्ने गरेका थिए । चेकजाँचकै क्रममा तिनवटा संगठन बिच पटक–पटक झगडा तथा विचलन हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *