टी- ट्वान्टी ट्राई सिरिज: फाइनल अघि अष्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडाैं, असार २२। जिम्बाबेमा जारी टी- ट्वान्टी ट्राई सिरिज क्रिकेटको फाइनल अघि पाकिस्तानले अष्ट्रेलियालाई पराजित गरेको छ । बिहिबार भएको खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ४५ रनले हराएको हो ।

घरेलु टोली जिम्बाबे, पाकिस्तान र अष्ट्रेलियाबीचको ट्राई सिरिज क्रिकेटको फाइनलमा अष्ट्रेलिया र पाकिस्तान पुगेका छन् । र, आइतबार हुने फाइनल अघिको खेल जित्दै पाकिस्तानले उच्च मनोबल बनाएको छ । यो सिरिजमा जिम्बाबे भने बाहिरीसकेको छ ।

हरारेमा बिहिबार पाकिस्तानले दिएको १९५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका एलेक्स कारीले अविजित ३७ तथा म्याथु शर्टले २८ रन बनाए । अष्ट्रेलियालाई सस्तैमा समेट्न शाहीन साह अफ्रिदीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको थियो । पाकिस्तानको लागि फखर जमानले ७३ रन  जोड्दा आसिफ अलीले अविजित ३७ रन जोडे । त्यस्तै हुसेन टलटले ३० रन बनाए । अष्ट्रेलियाका एन्ड्रयु टेले ३ तथा झ्ये रिचर्डसनले २ विकेट लिए ।

यो जितसंगै पाकिस्तानले ४ खेलबाट १२ अंक जोडेको छ । अष्ट्रेलियाको ८ अंक छ भने जिम्बाबेको सुन्य अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *