नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायी व्यवसायीको छुट्टै भेला

काठमाडौँ– नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीले छुट्टै भेला गरेर संघलाई दवाव दिने निर्णय गरेका छन् । व्यवसायीको हितका विषयमा कुरा उठाउन वैदेशिक रोजगार व्यवसायी संघले नसकेको भन्दै दवाव दिने निर्णय गरेका हुन् ।

भिसा लागेर जान नपाएका कामदारको विषयमा कुरा उठाउन संघलाई सचेत गराउने र संघले कुरा उठाउन नसके आफैँ अग्रसर हुने निर्णय गरेको छ ।

मलेसियाको सिन्डिकेट तोड्ने सरकारको निर्णय भने राम्रो भएको र यसलाई सफल बनाउन सहयोग गर्ने पूर्व अध्यक्ष समेत रहेका विमल ढकालले बताएका छन् । भिसा लागेका कामदारलाई रोकेर सरकारले गलत गरेको ढकालको भनाई छ ।

मलेसियामा सिन्डिकेट तोड्दा आकस्मिक रुपमा रोजगारी हुँदा धेरै कामदार अलपत्र परेको र त्यसको दोष व्यावसायीले खेप्नु पर्दापनि संघले कुरा गर्न नसकेको भन्दै फोरममा आवद्ध व्यवसायीले अध्यक्ष रोहन गुरुङको आलोचना गरेका छन् ।

अध्यक्ष गुरुङले आफ्नो हितका लागि मन्त्रीसँग मिलेर व्यवसाय डुबाउन लागेको उनीहरुको आरोप छ ।

बुधबार भएको भेलामा कमल तामाङले अहिलेको संघले यी समस्या समाधान गर्न नसक्ने भन्दै फोरमले अग्रसरता लिनु पर्ने बताए । प्रज्ञान न्यौपानेले संघका अध्यक्षले फेसबुकमा लेखेर भन्दा पनि सम्बन्धित निकायसँग छलफल गरेर समस्या सुल्झाउनु पर्ने बताए ।

सरकारी निकायले हेपेको र कुरा राख्न सक्ने दम नदेखिएको बताए । संघका द्तिय उपाध्यक्ष समेत रहेका फोरममा आवद्ध व्यवसायी भुवनसिं गुरुङले संघका अध्यक्ष व्यवसायीका समस्या समाधानमा गम्भीर नबनेको बताएका छन् ।

संघका अध्यक्ष रोहन गुरुङले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *