नेकपा बैठक–नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने

काठमाडौँ, असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विहिबारको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ ।

पार्टी एकतापछि विहिबार बसेको स्थायी कमिटी दोस्रो बैठकमा पार्टीका मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता सम्मिलित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समसामयिक राजनीतिक स्थिति तथा आफ्नो हालैको चीन भ्रमणका उपलब्धिबारे अवगत गराएका थिए ।

बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *