महिलावादी धारकी अधिकारीको एकल कविता वाचन

काठमाडौँ, असार २१ । पत्रकार तथा कवि यशोदा अधिकारीको एकल कविता वाचन सम्पन्न भएको छ । विहिबार साँस्कृतिक संस्थान (नाचघर) को आयोजनामा कविता वाचन सम्पन्न गरिएको हो ।

महिलावादी धारका नौवटा र अन्य तीनवटा गरी जम्मा १२ वटा कविताहरु अधिकारीका वाचन भएका थिए ।

समय बिहानको कब्जामा छ
बाथरुममा भाँडासँग निषेध गरिएको छ

अस्विकार कविता संग्रहमा संग्रहित अधिकारीको उक्त पुरानो ‘सिल्बरे गाग्री’ नामक कवितामा महिलाले जतिसुकै कष्ट गरे पनि उनीहरुको मेहेनतको मूल्य नदिइएको स्पष्ट पार्न खोजिएको छ ।

अधिकारीका कवितामा समाजमा महिलाले भोग्नुपरेका पीडाका साथै उनीहरुको अवस्थाका बारेमा समेत चित्रण गर्न खोजिएको छ ।

कविता वाचनका क्रममा अधिकारीले भनिन्, “समाजको जे वास्तविकता देखें मैले कवितामा त्यही उतारें ।” सोही अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समाजमा अहिले काल्पनिकतामा कविताहरु रचना हुने भन्दै वास्तविकतालाई नव कविहरुले जोड दिनुपर्ने बताए ।

प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा समालोचक नर्मर्देश्वरी सत्यालले अधिकारी पत्रकारितामा दखल भएकाले उनमा लेखनकलाको राम्रो ज्ञान रहेको र उनको कविताले समाजमा राम्रो सन्देश दिने बताईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *