पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

पर्वत, असार २१ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ ।

सडकखण्डअन्तर्गत मोदी गाउँपालिका वडा नं ५ भ्याप्लेखोलामा सडकमाथिबाट आएको पहिराले पुरिँदा बुधबार राति १ बजेदेखि नै अवरुद्ध सडक विहिबार अपराह्नदेखि मात्रै सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली र डोजर र स्काभेटर लगाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सडक सञ्चालन भएसँगै अन्यत्रबाट पर्वत, बागलुङ म्याग्दी र मुस्ताङका लागि आएका सवारी र सो क्षेत्रबाट अन्यत्र जान हिँडेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *