एकै पटक राजिनामा दिए सशस्त्र प्रहरीका पाँच एआइजीले

काठमाडौँ, असार २१ । सशस्त्र प्रहरी बलका पाँच एआइजीले बिहिबार दिउँसो मन्त्रालय पुगेर राजिनामा दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघमा बढुवा गरेको पाँच जना डिआइजीले गृह मन्त्रालय पुगेर एकै पटक राजीनामा दिएका हुन् ।

राजीनामा बुझाउनेहरुमा एआइजी जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, खडानन्द चौधरी, निराकार विक्रम शाह, र राजेश श्रेष्ठ रहेका छन्।

बुधवार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेपछि उनीहरूले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =