खारेज भयो सशस्त्र प्रहरीका यी ५ एआइजीहरुको बढुवा !

काठमाडौँ, असार २१ । सरकारले देउवा सरकारबाट गएको भदौ १४ गतेपछि भएका सबै राजनीतिक नियुक्ति खारेज गरेको छ । वर्तमान सरकारले अघिल्लो देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको हो ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज भएसँगै शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको हो ।

अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर जाने भएको हो । निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।

सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तर्गत बढुवा भएको बताएको छ ।

यसैवीच केही दिनअघि गृहमन्त्री प्रेमबहादुर राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी एक्सनको संकेत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *