५ दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

काठमाडौं, असार २१ । समान पहुँच नेपाल नार्गाजुनको आयोजनामा ५ दिने महिला नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । महिलाहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले नार्गाजुन नगरपालिकाको सहकार्यमा समान पहुँच नेपालले उक्त तालिमको आयोजना गरेको थियो ।

विशेष गरेर जनप्रतिनिधि महिलाहरुलाई लक्षित गरी सञ्चालिन गरिएको ५ दिने तालिममा संविधान प्रदत्त महिला अधिकारहरु , नेतृत्व विकास , उद्घोषण, भाषणकला , महिलाका कानुनी अधिकारहरु , घरेलु हिंसा , यौनजन्य दुरव्यवहार , सामाजिक कुरीति, स्थानिय तहका काम , कर्तव्य र अधिकार , माइन्यूट लेखन , न्यायीक समितिका काम, कर्तव्य र अधिकार , लैङ्गिक उत्तरदायित्व लगायतका विषयमा संविधान सभा सदस्य पेम्बा लामा,प्रदेश सभाका सदस्य बेलीमैया घले,टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया ढुङ्गेल, अधिवक्ता निशा बानियाँ , कविता राई , योगमाया सापकोटा लगायतले प्रशिक्षण दिनुुभएको थियो । उक्त तालिममा नार्गाजुन नगरपालिकाका १० वटै वडाका नगर सदस्यहरु, वडा महिला सदस्य , वडा दलित महिला सदस्य र समाजका अगुवा महिलाहरु सहि ४५ जनाको सहभागीता रहेको थियो ।

प्रतिनिधि सभाका सदस्य कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । महिलाहरुलाई राज्यका हरेक निकायमा सक्षम , सबल र सशक्त बनाउनका लागि आफूहरुले नेतृत्व विकास तालिम सञ्चालन गरेको समान पहुँच नेपालका अध्यक्ष सानुमैया आचार्यले बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि संस्थाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न सीप मुलक तालिम , नेतृत्व विकास लगायतका तालिमहरु सञ्चालन गर्ने भावी योजना रहेको बताउनुभयो । संस्थाले महिला,दलित,निम्न वर्गहरुलाई लक्षित गर्दै यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *