राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि आज पनि छलफल हुँदै

काठमाडौं, असार २१ । राष्ट्रिय सभामा विनियोजन विधेयक २०७५ माथि आज पनि हुँदैछ । आजको छलफलमा विभिन्न ८ वटा मन्त्रालयका लागि छुट्याइएको बजेट र शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

विहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिंचाई तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि विनियोजित रकम र शीर्षकबारे छलफल हुने संघीय संसद सचिवालयका सहप्रबक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

यसअघि हिजो विनियोजन विधेयक २०७५ माथिको पहिलो दिनको छलफलमा ९ वटा मन्त्रालयको छलफल सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *