प्रधानमन्त्री कप तेस्राे विश्वविद्यालय खेलकुद आजदेखि सुरू

काठमाडौं, असार २१ । प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा दुई, ब्याडमिण्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ विश्वविद्यालया २ सय ५६ खेलाडी सहभागी हुनेछन् ।  भलिबलका खेल त्रिपुरेश्वरमा रहेको कभर्डहलमा, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा तथा टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

प्रतियोगिताका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च हुने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *