नेकपाकाे स्थायी समितिको बैठक अाज, सरकारका कामको समिक्षा लगायत बिषयमा छलफल

काठमाडौं, असार २१ ।  नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक अाज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको सचिवाललय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारका कामको समिक्षा, पार्टीको सांगठनिक परिस्थितिलगायतका विषयमा छलफल गर्न बिहीबार दिउँसो ३ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा थपेका प्रावधान संशोधन नगरे कांग्रेसले विधेयक संसदमा प्रस्तुत गर्न नदिने बताइरहेका बेलामा अब त्यो विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि भोलिको बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पार्टी भित्रैबाट आलोचना भइरहेका बेला बस्ने लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *