आकस्मिक गर्भ निरोधक ई–कन अब एक चक्किमा उपलब्ध

काठमाडौँ, असार २० । नेपाल सि आर एस द्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की ई—कन अब एक चक्किमा बजारमा उपलब्ध छ ।

बिगतमा ई—कन एक चक्की खाई सकेपछी अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १.५ एम जि लेभोनोरजेसत्रेल (1.5mg Levonorgestrel) कम्पोजीशनमा ई—कन एक चक्किमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ ।

असुरक्षीत यौन संपर्क भएको १२० घण्टाभित्रको समयमा जती सक्दो चाँडो ई—कन खाइयो भने त्यती नै बढी यो प्रभाबकारी रहन्छ । ई—कन आकस्मिक गर्भ निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एच.आई.भि. र अरु यौनजन्य रोगहरु सर्नबाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ ।

नेपाल सि आर एस कम्पनी सन १९७८ बाट सन्चालित नाफा रहित सामाजिक संस्था हो जसले परिवार नियोजनका अस्थायी साधनहरु, पुर्नजलिय झोल तथा सुत्केरी सामाग्रीको बिक्री बितरण र प्रबर्धनका साथै दुर्गम सुगम क्षेत्रहरुमा बिभिन्न स्वास्थ्य समस्याका विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *