नारायणगढ मुग्लिन सडक एकतर्फी खुला, दुई तर्फी खुल्न अझै समय लाग्ने

चितवन, असार २० । कालिखोलाको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १२ बजेदेखि सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए ।

सुरुमा टोपेखोला र कालीखोलाको बीचमा फसेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । दुईतर्फी बाटो ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *