गर्जुधारामा सक्रिय यातायातका ८ विचौलिया पक्राउ
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २० । महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय बिचौलियाविरुद्ध थालेको अप्रेशनमा ८ जना विचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिकाका कृष्णप्रसाद थपलिया, कलंकीका करिण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरको जावलाखेलका प्रकाश तन्डुकार, चन्द्रागिरीका अपार रिजाल, सातदोबाटोका कन्चन राई, रातोपुलका बालकृष्ण खत्री र इमाडोलका पवन तामाङ रहेका छन् ।
सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रमक माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि अप्रेशन चलाइएको महागनरीय प्रहरी प्रभाग, बलम्बुले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, थानकोट पठाइएको बुझिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








