सप्तरी: महुली पुल भासियो, सिडिओसहितको टोली घटनास्थलमा

राजविराज, असार २० । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल भासिएको छ।

दुई दिनयताको वर्षासँगै खोलामा आएको बाढीका कारण करिब २५ मिटरजति पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो। बिहान करिब ४ वजे पुल भासिन थालेको जानकारी पाएको उहाँले बताउनुभयो।

‘बिहान आउँदा करिब २ इन्च भासिएको थियो, अहिले  १० इन्च भासिएको छ,’ उहाँले भन्नुभयो, ‘बिस्तारै–बिस्तारै भासिने क्रम जारी रहेकोले तत्कालै सर्पोटिङ बाँधको आवश्यकता छ।’

सप्तरीका एसपी मुकेशकुमार सिंहले पुलको एकसाइड मात्रै भासिएकाले वान–वे यातायात सञ्चालन गरिएको बताउनुभयो। एसपीसहित सिडिओ सुरेन्द्र पौडेल लगायतको टोली घटनास्थल पुगेको छ।

‘पुलको आधा भाग जमिनमा छ,’ उनले भने, ‘जन्डौपट्टिबाट जमिनको भाग चाहिँ भासिएको हो, आत्तिनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भन्नुभयो।

सडकको बीचमा पूर्वपश्चिम चिरा परेर एक साइड भासिएकाले त्यसको सपोर्टका लागि बाँध बनाउन पहल भइरहेको सिंहले जानकारी दिनुभयो। सडकका इन्जिनियरलाई बाोलाइसकिएको र आवश्यक तयारी समेत थालिएको उहाँको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *