खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
सिरहा, असार २० । पानी जमेको खाल्डोमा डुबेर सिरहाको विष्णुपुर गाउँपालिका–१, खोरिया टोलमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जिनिस यादवको दुई वर्षीय छोरा आशिषकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, विष्णुपुरले जनाएको छ ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी स्थानीय अरबिनकुमार यादव गम्भीर घाइते भएका र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनरुपले जनाएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)