अलपत्र परेका १०४ भारतीय तीर्थयात्रीको उद्धार, दुईको मृत्यु

काठमाडौँ, असार २० । तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न गएका १०४ जना भारतीय पर्यटकको उद्धार गरिएको छ ।खराब मौसमका कारण अलपत्र परेका १०४ जना भारतीय पर्यटकको मंगलबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

दूतावसका अनुसार १५० जना तिर्थयात्री हिल्साबाट सिमिकोट आइपुगेका छन् । मंगलबार नेपालगञ्जबाट सिमिकोटमा  १०४ तिर्थयात्रीहरुको उद्धार गरिएको हो ।

५२५ यात्री सिमकोट, ५५० यात्री हिल्सा र ५०० यात्री तिब्बत क्षेत्रतर्फ अलपत्र परेका थिए ।

हुम्ला र तिब्बततर्फ परेको अविरल वर्षाका कारण भारतीय पर्यटक अलपत्र परेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिएका छन् । २५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ ।

केहीको कैलाश मानसरोवरबाट फर्किने क्रममा हुम्लाको सिमकोट र केहीको तिब्बततर्फनै मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमध्ये लिला नारायणनन मन्द्रेदथ र सत्यलक्ष्मी नारायणनन सुब्बा राओ ग्रान्धी भिरा भेङ्कटालाई हेलिकप्टरको माध्यमबाट क्रमशः काठमाडौँ र नेपालगञ्ज लगिएको छ ।

लिलाको मृत्यु सिमिकोटमा र सत्यलक्ष्मीको हृदयघातका कारण तिब्बतमा मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

उनीहरुको उद्धार गर्ने क्रम जारी रहेको जनाइएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गर्ने प्रयास जारी राखेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *