५ मिनेट लामो श्वास लिनुका फाइदा यस्ता छन्:
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
श्वास फेर्न कुनै थप उर्जा खर्च गर्नुपर्दैन, यो एउटा अनियन्त्रित पक्रिया हो । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ ।
बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः
तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।
शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।
दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।
अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।
एजेन्सी
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)