बाढीपहिरोमा परि मृत्यु हुनेकाे संख्या २२ पुग्याे, ८ घाइते, २ बेपत्ता

काठमाडाैं, असार २० ।  बाढी र पहिरोमा परि  मृत्यु हुनेकाे संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले संकलन गरेको तथ्याङक अनुसार पछिल्ला दुई दिनमा कैलालीमा घर भत्किएर १ जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । यस्तै बाँकेमा खोला तर्ने क्रममा डुबेर र पौडि खेल्ने क्रममा डुबेर ४ जनाको मृत्यु भएको छ । सिन्धुलीमा खोलामा डुबेर र बगाएर  २ जनाको मृत्यु भएको  छ ।

रोल्पामा घर भत्किएर च्याप्दा सुत्केरी सहित ३ जनाको मृत्यु भएको छ । चितवनमा नहरमा डुबेर १ जनाको ज्यान गएको छ । पर्सामा खोला तर्ने क्रममा बगाएर २ जनाको मृत्यु भएको छ ।

२ जना घाइते भएका छन् । काठमाडौमा खोला तर्ने क्रममा १ जनाको मृत्यु भएको छ । सर्लाहीमा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

यसैगरी तनहुँमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । उदयपुरमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । यस्तै, सिरहामा पानीकोे खाल्डोमा डुबेर  १ जनाको मृत्यु भएको छ । दाङमा खोला तर्ने क्रममा १ जनाको मृत्यु भएको छ ।

मकवानपुरमा घरमाथिको ढिस्को खसेर पुर्दा २ जनाको ज्यान गएको छ । तनहुँमा वर्षाका कारण सालको रुख ढलेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । महोत्तरीमा वर्षाले डुबान भएपछि सर्पले टोकर १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *